प्रधानमन्त्री प्रचण्ड र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच २ देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफलका क्रममा लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको जनाइएको छ ।