सांसद हराएको बिषयमा कांग्रेसले साझेदार दलसंग छलफल थाल्यो

काठमाण्डु – गण्डकी प्रदेशसभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावबारे नेपाली कांग्रेसले साझेदारदलहरुसँग छलफल गर्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए । यद्यपि बैठक बस्ने स्थानबारे टुङ्गो लागेको छैन । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति जनाएका सांसद नै हराएपछि बुधबारको प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित…