काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई जनता धुलो चटाउने बताएका छन् । सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केपी ओलीलाई भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र नेपाललाई जनताले धुलो चटाउने बताए । ‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने…