‘हिंसा’ शव्दले प्रतिनिधिसभा बैठकमा फेरि एमाले–माओवादीबीच जुहारी

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच जुहारी चलेको छ । प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने क्रममा एमाले सांसद रघुजी पन्तले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसा भनेका थिए । त्यसपछि माओवादीका संसदहरूले यो शव्द असंसदीय भएर भएकाले हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले हिंसा शव्द असंसदीय नभएको रुलिङ गरेपछि माओवादीका…