काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठकमा कुनै पनि कदम नचाल्ने रणनीति बनाएको छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षको क्रियाकलाप नियाल्ने रणनीति लिएको डा. डिला संग्राैलाले जानकारी दिइन् । ‘पार्टीबाट कुनै पनि निर्देशन आएको छैन् । नेकपाको आजको कदम कस्तो हुन्छ सोहीअनुसार…