काठमाण्डु – मन्त्रिपरिषद्को वैठकले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको हो । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय…