काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको राष्ट्रिय युवा संघ प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने भएको छ । युवा संघको माघ २५ र २६ गते बसेको बैठकले प्रधानमन्त्रीको साइबर सेना बनेर खटिने निर्णय गरेको हो । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिए ।…