ललिता निवास जग्गा प्रकरणः माधव नेपालविरुद्धको रिटमाथिको सुनुवाईका लागि पेशी तोकियो

काठमाण्डु – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव नेपालविरुद्ध परेको रिटमाथिको सुनुवाईका लागि पेशी तोकिएको छ । माधव नेपालको कार्यकालमा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोप लागेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइको लागि पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण…