प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल र जनसम्पर्कमा तिमिल्सेना नियुक्त

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।