लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचनले लोकतन्त्र बलियो हुने बताए । उनले भने, “पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४…