चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले शनिबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने बताएका हुन् । पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए ।…