काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेकपाको क्रान्तिकारी पत्रकार महासंघले प्रहरी हिरासतमा रहेको जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मालाई रिहा गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघले बिनाकारण आफ्ना पत्रकारलाई पक्राउ गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको हो । साथै महासंघले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउने…