सिन्धुपाल्चोक – उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान…