कार र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

विराटनगर-विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा गए राति दुर्घटना भएको हो । उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको…