काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुमाथि लागेका आरोपको अस्वीकार गरेका छन् । बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री अोलीले पार्टी एकतामा आँच पुर्याउने मनसायबाट आएका आरोपहरु अस्वीकार गर्ने बताएका हुन् । ‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार…