यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा…