काठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बिहीबार अपराह्न सुरु भएको मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । उच्च स्रोतका अनुसार भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग गठनदेखि प्रदेशसभा विघटनसम्मको विषयमा बैठकमा छलफल हुनसक्नेछ ।