रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काठमाण्डु-रामेछापमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोको जोखिममा रहेका केही घरका स्थानीयले उद्धार गरेका छन्…