वामदेवको मुद्दाबारे सुनुवाई गर्न संवैधानिक इजलास गठन

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको मुद्दा सुनुवाई गर्न संवैधानिक इजलास गठन गरेको छ । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित सांसद गौतमको योग्यतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास गठन गरिएको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरिएको हो । जबरासँगै उक्त इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की,…