बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिईसकेको बताएका छन् । बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ(अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधमा…