सशस्त्रको भवन शिलान्याशका लागि छाङरु पुगे गृहमन्त्री बादल

काठमाण्डु – भवन शिलान्याशका लागि गृहमन्त्री रामबहादुर थापा बादल दार्चुलाको छाङरु पुगेका छन् । गृहमन्त्री बादल सशस्त्र प्रहरीको गुल्म शिलान्याशका लागि ब्याँस गाउँपालिका– १ छाङरुको गागामा पुगेका हुन् । भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पर्ने ब्याँस क्षेत्रमा पछिल्लो समय सरकारले सुरक्षा उपस्थिति बढाउँदै गएको छ । गृहमन्त्री थापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा…