काठमाण्डु - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पार्टीका महामन्त्रीहरूद्वारा चलाइएको हस्ताक्षर अभियानले पार्टीलाई विभाजित गर्न सक्ने चेतावनी दिएका छन् । सिटौलाले विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्याउने बताए । पार्टी उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको र त्यस लगतै विशेष महाधिवेशनका नाममा हस्ताक्षर…