तोलामा ७ सय घट्यो सुनको मूल्य

काठमाण्डु – बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक…