राष्ट्रपति पौडेल कतारमा

दोहा - राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन्। उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने…