संसद्को गतिरोध फुकाउने प्रधानमन्त्रीको प्रयास असफल, फेरि बस्ने भन्दै उठे नेताहरू

काठमाण्डु – सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याइ सदनको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास असफल भएको छ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्ष विहीन भएको हो । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सह–महामन्त्री जीवन परियारले बताए…