धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल बन्द

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि एक घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए । ‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले भने, ‘खाल्डो पुर्ने गर्ने काम भइरहेको छ ।…