काठमाण्डु - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी नेता पौडेलले भ्रष्टाचारविरुद्ध स्पष्ट नीति अभावमा पार्टी रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै नयाँ सरकारलाई प्रभावकारी काम गर्न ४ वटा सुझाव दिएका छन्। उनले २०४६ सालपछि प्रशासनिक र राजनीतिक नेतृत्वमा रहेकाहरूको…