सांसद पासवानको कविता : ‘समृद्धिलाई कोरोना भाइरसले खाईसक्यो’

काठमाडौं – समाजवादी पार्टीका सांसद रामप्रित पासवानले नेपालको भ्रष्टाचार चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई आग्रह गरेका छन् । भ्रष्टाचार, चर्को बजार मूल्य र बेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित…