काठमाण्डु – रौतहट जिल्लाको गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर २ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार ट्रयाक्टर दुर्घटनामा चालक रौतहटको गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हो । दुर्घटनामा परेका दुवैलाई उपचारका…