काठमाण्डु महानगरपालिकाले भन्यो- ललिता निवासको जग्गा ७ दिनभित्र खाली गर्नू

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले विशेष अदालतको फैसलाबमोजिम काठमाण्डु महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर ललिता निवास क्षेत्र खाली गरिदिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो । बालुवाटारस्थित ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा…