बढ्दै बाँझो जग्गा, बाँदर भुलाउन ‘मंकी पार्क’ बनाउन बजेट

गलकोट - ऋणात्मक जनसंख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँगाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइँसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः बाँझिन थालेका हुन् । खेतीयोग्य जमिन बाँझो हुन थालेपछि यहाँका घर आँगनमा रुख बिरुवा उम्रन थालेका छन् । रुख बिरुवा बढ्न थालेपछि बाँदरले दुःख दिन थालेका स्थानीय बताउँछन्…