पाटनमा उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशलाई शपथ

काठमाण्डु – उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९…