काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सबैलाई अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताइन् । उनले निर्वाचनमा सचेत नागरिकको भूमिका निर्वाह गर्न अपील गरिन् । ‘सरकारसँग नेपालको संविधानको…