काठमाडौं- चीनबाट चार वर्षपछि उच्च राजनीतिक तहमा आगामी साता हुन लागेको नेपालको भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइ चुम्ने विश्वास गरिएको छ। चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही भदौ २२ देखि २४ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा मात्र गरिएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध…