काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरे पनि वातावरण बन्न नसकेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे । उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र,…