सर्लाहीको लालबन्दी क्षेत्रमा प्रसारण लाइनको तार फेर्न स्थानीयको अवरोध

काठमाण्डु- सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने काममा अवरोध गरेका हुन्…