यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डु- बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम, सिमान्तकृत चेपाङ, वनकरिया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका…