दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

काठमाण्डु- दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।…