काठमाण्डु- राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संविधानपप्रति कटाक्ष गर्दै विषवृक्षबाट अमृत नफलेको बताएका छन् ।संविधानसभाबाट जारी भएको संविधानले देशको सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय एकता, अर्थतन्त्रमा सुधार गर्न नसकेको भन्दै उनले विषवृक्षबाट अमृत नफलेको टिप्पणी गरेका हुन् । बुधबार देशभर संविधान दिवस मनाइरहँदा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन् /होइनन् भन्ने…