अशोक राई र राजेन्द्र महतोको दलबीच आज कार्यगत एकता हुँदै

काठमाण्डु - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकता गर्ने घोषणा हुँदै छ। दिउँसो २ बजे काठमाण्डुमा पत्रकार सम्मेलन गरेर दुई दलले कार्यगत एकता घोषणा गर्न लागेको हो। पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको बताइएको छ। जनता समाजवादी…