काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले बिहिबार सपथ लिँदैछन्। सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् । टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए ।…