काठमाण्डु – नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिने समेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरूमा गम्भीर समस्या देखिन…