काठमाण्डु - लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि कार्यान्वयको तयारी अघि बढाइएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्न आवश्यक तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ । २१ चैतको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बरप्लेट देवनागरी लिपिमा राख्ने निर्णय गरेको थियो । केही वर्ष…