प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर गरे म्याराथनको उद्घाटन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गरेका छन् । शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गरेका हुन् । यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । आयोजक कान्तिपुर पब्लिकेशन्सका अनुसार हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट…