काठमाण्डु - सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरू एक आपसमा गभिने वा खारेज गर्ने बताए । खारेज भएका वा गाभिएका संस्थाको…