विदेशबाट फर्किदा अब दुईवटा फोन ल्याउन पाउने

काठमाण्डु - सरकारले विदेशबाट आउने नेपाली नागरिकले बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन…