काठमाण्डु - निर्वाचन आयोगले बेशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न भनेको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लामा…