माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीलाई प्रशासनको अनुमति

काठमाण्डु – सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, मुलुकमा फैलिएको भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध जेन–जीले सोमबार गर्ने भनिएको प्रदर्शनलाई प्रशासनले अनुमति दिएको छ । प्रदर्शनका अगुवा युवाहरूले जिल्ला प्रशासन कार्यालय काठमाण्डु पुगेर माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको अनुमति मागेपछि प्रशासले अनुमति दिएको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेकका…