काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराईज हलमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नहुने स्पष्ट पारे । उनले विधान महाधिवेशनमा विधि र विधानसँग…