काठमाण्डु - ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका…